नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फूटबलको मैदानमा त धेरै चोटि देखेका थियौं, तर चाडैंनै क्रिकेटमा पनि देख्नेछौं | हुन त सशस्त्र प्रहरीले गएको वर्षनै आफ्नो टिम बनाएर केही घरेलु प्रतियोगिताहरुमा पनि भाग लिइसकेका हुन्, तर राष्ट्रिय प्रतियोगितामा भने पहिलो चोटी उत्रन्छन् | दुवै टिममा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाइ सकेका खेलाडीहरु समावेश छन्, यस हिसाबमा विभागीय टिम क्षत्रिय टिमहरु भन्दा बलिया र खतरनाक देखिन्छन् |
![]() |
बिनोद कि पारस - कसलाई साथ दिनुहुन्छ ?? |
नेपाल प्रहरीले घोषणा गरेअनुसार टिमका १४ सदस्यहरु यस प्रकार छन्- बिनोद दास (कप्तान), मन्जित श्रेष्ठ, महेश क्षेत्री, नरेश बुढाएर, बिनोद भण्डारी, पुष्प थापा, राहुल बि.क., प्रदिप ऐरी, सन्नी पुन, भुवन कार्की, चन्द्र साउद, सुवास प्रधान, सन्तोष बराल र फैज़ल रहमान खान | टिमको प्रशिक्षणको जिम्मेवारी पूर्व राष्ट्रिय विकेटकीपर मनोज कटुवालले पाएका छन् |
त्यसैगरि सशस्त्रको टिम पनि खुंखार खेलाडीले भरिएको छ | राष्ट्रिय कप्तान पारस खड्काकै कप्तानीमा खेल्ने टिममा ज्ञानेन्द्र मल्ल, परेश लोहनी, शक्ति गौचन, शरद भेषावकर, बसन्त रेग्मी, अमृत भट्टराई, सन्जम रेग्मी, रोम श्रेष्ठ, सन्जय कुमार श्रेष्ठ, सुबास खकुरेल, सुनाम गौतम, पृथु बाँस्कोटा, रितेश सिङ र महबुब आलम जस्ता खेलाडीहरु छन् |
विभागीय टिमहरुका साथ साथै दुइ नयाँ क्षत्रिय टिमहरुले पनि यो वर्षको प्रतियोगिताबाट प्रतिस्पर्धामा उत्रिने मौका प्राप्त गर्दैछन् | जनकपुर र पोखराको समावेशसंगै यसपालिको राष्ट्रिय क्रिकेट मेला ठूलो र आकर्षक हुँदै छ | नाम चलेका खेलाडीहरु विभागीय टिमहरुबाट खेल्ने हुनाले क्षत्रिय टिमहरुमा धेरै "प्रतिभा भएका तर मौका न पाएका" नयाँ अनुहारहरुले मौका पाएका छन् | आशा छ, नेपाली टिमले अझ राम्रा, जुझिला र जोसिला खेलाडीहरु पाओस्! अन्तराष्ट्रिय स्तरमै नेपालको नाम उकास्न यस्तै प्रयत्नहरुको आवश्यकता छ |
0 comments:
Post a Comment