क्रिकेटप्रति मेरो झुकाव त बच्चा-बच्चीदेखि कै नै हो | सानोछँदा आफ्नो दाजुसँग क्रिकेट खेलेको सम्झना त अहिले सम्म आउँछ | क्रिकेटको भूत हामी दुबैलाई नराम्ररी लागेको थियो, त्यसैले त घरको कोठादेखि लिएर आँगनको बगैंचासम्म, जहाँ सानो ठाउँ पायौं, हामी ब्याट र बल लिएर खेल्न तयार हुन्थ्यौं | झ्यालमा फलामे ग्रिल हुनाले शिसा त फुटाल्न पाएनौ, तर बगैंचाको फूल-बिरुवाको शत्यानास गरेपछि आमाको हातको कुटाइ भने धेरै चोटी खायौं | तर यो मनले कहाँ मान्थ्यो र, आखिर सपना त सचिन तेन्दुलकर बन्नु थियो हाम्रो|
समय र परिस्थितिको बाटोमा हिड्दा-हिड्दै मेरो क्रिकेटर बन्ने सपना भने त्यसै तुह्हियो| पढाइमा राम्रो म डाक्टर ईन्जिनियर बन्ने सपना बुन्न थाले, तर मेरो दाजुले चाहिँ ब्याट र बलको साथ छोड्नु भएन | उँहाले काठमाडौँमा होटेल व्यवसाय गर्नुको साथसाथै आफ्नो क्रिकेटप्रतिको लगावलाई पनि निरन्तरता दिनु भयो| धेरै साथीहरुले आफ्नो घरायसी समस्याहरुको कारण क्रिकेटको साथ छोडे, तर मेरो दाइले कुनै हालतमा क्रिकेटलाइ आफ्नो मन-मस्तिष्कबाट निकाल्नु भएन | तर अफसोस, एउटा राम्रो खेलाडी हुँदा हुँदै पनि राष्ट्रिय टिमबाट खेल्ने सपना अझैं पूरा भएको छैन | आज काठमाडौँको लागि क्षेत्रीय एकदिवसीय क्रिकेट टिममा दाइको छनौट भएको देखेर म औंधी खुशी छु | हुन त पछिल्लो वर्ष पनि छनौट न भएको होइन, तर अहिले आएर दाइले आफूलाई उदयमान खेलाडीहरुको बिचमा उभ्याइसकेका छन् र मलाइ आशा छ, यसपाली उँहाको प्रदशन सर्वोत्तम हुने छ | म मेरो दाइ सुमन उदयको उज्जवल भविष्यको कामना गर्छु |
क्रिकेटको साथ मैले पनि चटक्क छोडेको छैन | अन्तराष्ट्रिय क्रिकेटसम्बन्धी आफ्नो ब्लग "कस्मिक क्रिकेट" को माध्यमबाट अहिले पनि म आफ्नो क्रिकेट प्रेमलाई जीवन्त राख्न सफल भएको छु |
Very nicely said...
Haha... And even I used to be one of the players those days. :) Bad player though, :)
Those were good days. :)
And Best of luck to Suman dai.