संसारपनि अचम्म अचम्मको हुँदो रहिछ | जन्मदिन, सफलताको खुशियालीमा उत्सव मनाएको त देखेको थिए, तर मान्छे मर्दाको क्षणमा पनि दुख साट्नुको सट्टा रमाइलो गरिराखेको पहिलोचोटी देखे| यो अनौठो दृश्यचाँही यू.के. मा देख्नुपर्यो | हुन त आ-आफ्नो संस्कृति हो, यसरी अरुको संस्कृतिमाथि त लेख्न न हुने, तर हाम्रो देशमा न देखेको कुरा भन्न मन गर्यो | प्लिज, अन्यथा न लिनु होला|
कुरा हिजोको हो| जहाँ म काम गर्छु, त्यो होटलमा कसैको मृत्युको शोक कार्यक्रम भैराखेको थियो| करिब ७० जनाको खानपिनकोलागि विशेष तयारी पनि गरिएको थियो | हुन त शोक सभामा सामान्य खानपिनको सुविधा त नेपालमा पनि हुन्छ, तर रक्सीको बन्दोबस्त पनि गर्छन् र ? अपराह्नको ३ बजे शुरु भएको त्यो खानपिन दिउँसो ७ बजे पछि त रक्सी पार्टीनै भएछ | बाबा, कति पिउन सकेको? होटलको बारको सबै गिलासहरु नि सकिए, त्यसरी रक्सीको खोला बगेपछि | बारम्यान चाँही हैरान गिलास धुँदा धुँदा | अब रक्सी खाए पछि के याद रहोस्, कुन प्रयोजनमा खानपिन भैराखेको छ भनेर? दुख हुनु पर्ने ठाउँमा खुशी थियो, शोक हुनु पर्ने ठाउँमा हर्षोल्लास थियो | उपस्थित मानिसहरु यसरी पार्टी गरिराखेको थिए, मानौं तिनीहरुले मर्ने मानिसलाई मरेकोमा Thanks दिईराखेका थिए | मृत्यु-शोकको क्षणमा बेलायतीहरुको यस्तो व्यवहारको मैले टिप्पणी के गरेको थिए, एक जना बेलायती साथी झर्किएर "यो हाम्रो संस्कृति हो" भनेर भन्न थाल्यो, अनि त्यसपछि म बोल्ने कुरै भएन | तर अचम्म, यो कस्तो संस्कृति?
wow this is nice.good job